निखिललाई आफ्नै मुर्ती उपहार



ठुलोपर्दा डटकम, काठमाण्डौ। हाल राधेको नामले चर्चित नायक निखिल उप्रेतीलाई आफ्नै मुर्ती उपहार दिईएको छ ।

बैशाख १ गते रिलीज हुने नेपाली चलचित्र ‘राधे’ यूनिटले चलचित्रमा प्रयोग भएको निखिलको मुर्ती उनलाई नै उपहार स्वरुप दिएको हो । बिहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुर्ती प्रदान गर्दै निखिलले सम्झना स्वरुप मुर्ती सम्हालेर राख्ने बिश्वास निर्माण यूनिटले लिएको छ ।

कार्यक्रममा नायक निखिल उप्रेतीको साथमा नायिका प्रियांका कार्कीको पनि उपस्थिती थियो । शुसिल पोखरेलको निर्माणमा बनेको ‘राधे’लाई जगदिश्वर थापाले निर्देशन गरेका छन् ।

बेपत्ता नागरिकको कथामा बनेको ‘राधे’मा निखिल सोझो गाउँले युवकको भूमिकामा छन् भने प्रियांका निखिलको श्रीमतीको भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu