चैत्र मसान्तबाट चन्द्रागिरि महोत्सव हुँदै



ठुलोपर्दा डटकम, काठमाडौं। चैत्रको मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । मंगलवार नेपाल पर्यटन बोर्डमा पत्रकार भेटघाट गरि सो जानकारी दिईएइको हो ।

चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको जानकारी महोत्सवका संयोजक समीर बलामीले दिएका हुन् । “चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं” मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सब–२०७३ यहि चैत्र २९ गतेदेखी २०७४ बैशाख ६ गते सम्म हुन लागिएको हो ।

पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादनहरु र अन्य विषयहरुलाई मूर्तरुपमा पहिचान र झन चिरपरिचित गराउन प्रथम चन्द्रागिरी महोत्सब–२०७३ आयोजना हुन लागिएको बताईएको छ । चन्द्रागिरिमा रहेका ऐतिहासिक सम्पदाहरु, चन्द्रागिरीबाट देखिने विभन्न जिल्लाका ऐतिहासिक स्थलहरु, मनोरम हिम श्रृङ्खलाहरु, काठमाडौं उपत्यका, प्राकृतिक सम्पदाहरु, यहाँबाट देखीने सम्पूर्ण मनमोहक स्थलहरुको वारेमा चर्चा परिचर्चा र जानकारी को रुपमा अगाडी बढ्न सकेको छैन ।

चन्द्रागिरिको स्थानीय संस्कृतिहरुको वारेमा त खोज अनुसन्धान निकै कमजोर छ । यसैलाई मध्ये नजर गर्दै यसको सर्वाङगीन विकासका लागी प्रथम चन्द्रागिरी महोत्सब–२०७३ हुन लागेको आयोजक समितिका राम नारायण घिमीरेले बताए ।

महोत्सब मा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो ईन्जिन, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम संकलन, लत्ता कपडा, मनोरञ्जन फनपार्क, पहिलो पटक काठमाडौंमा गोरु जुधाई लगायत व्यवसायिक स्टलहरु २५१ स्टलहरु रहनेछन् । ९ दिन सम्म संञ्चालन हुने महोत्सवमा चन्द्रागिरिको पृष्ठभुमि झल्कने होर्डिङबोर्डहरु तथा फोटो प्रदर्शनी पनि हुनेछन् । यसको अलवा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, ८ दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीय कला, संस्कृति र उत्पादनहरुको प्रत्यक्ष प्रदर्शन समेत गरिनेछ । कम्तिमा ३ लाख दर्शकहरुलाई महोत्सब अवलोकन गराउने लक्ष्य रहेको आयोजक समितीका अर्का सदस्य शिवराम गिरीले बताए ।

कार्यकारी अधिकृत कृष्ण प्रसाद जोशीका अनुसार महोत्सवले सम्रग चन्द्रागिरीलाई राष्ट्रसामु चिनाउनुकै साथै चन्द्रागिरिको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ । समीर बलामी कार्यक्रम संयोजक रहेको ५१ जनाको मूल समारोह समिती र विभिन्न १३ उप समितीहरु निर्माण भएका छन् । महोत्सवलाई औपचारिक रुपमा सम्माननीय प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा सिसि क्यामराको जडान गरिनेछ भने निशुल्क वाईफाई÷ईन्टरटनेट सुविधाको प्रवन्ध मिलाईने भएको छ । महोत्सवमा हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर चदेर चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु पनि राखिएको आयोजक समितीका सदस्य रोशन दानीले बताए । पत्रकार भेटघाट कार्यक्रममा चन्द्रागिरि नगरपालिका सबै राजनितीक दलका प्रतिनिधी, नगरपालिका प्रतिनिधी र संघ संस्थाका प्रतिनिधीहरु उपस्थित भएका थिए ।
महोत्सवको मूख्य लक्ष्य चन्द्रागिरिको पर्यटन प्रवर्द्धन र चन्द्रागिरिको पहिचानलाई राष्ट्रसामु चिनाउने आयोजकले बताईएको छ महोत्सवले करिव पाँच करोड बराबरको कारोवार गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu