के हो ‘पञ्चायत’ ?



ठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली राजनीतिको ऐतिहासिक दस्तावेज प्रस्तुत गर्ने भनिएको नेपाली चलचित्र ‘पञ्चायत’का पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुङ्गाना फिरचिङ छन् ।

कलावती फिल्मस् प्रा.लि. र हेटौंडा मुभि मेकरको संयुक्त ब्यानरमा बनेको यस चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका छन् । आगामी बर्षको फागुन १८ मा प्रदर्शनमा आउने यो चलचित्रको रिलीज अगावै विभिन्न ठाउँमा च्यारेटी हुने बताईएको छ ।

गणेश गिरीको प्रस्तुतीमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी छन् । सुशान्त श्रेष्ठ र शंकर सुवेदी मुख्य निर्माता हुन् । रामेश्वर कार्कीले फिल्म खिचेका छन् ।

टंक बुढाथोकीको संगीत रहेको फिल्ममा सरोज र नीतासँगै रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत,बिशाल पहारी, किरण थापा,राजुबाबु श्रेष्ठ लगायतको अभिनय समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu