बलीउड एक्टर विनोद खन्ना अस्पतालमा भर्ना भएका छन् । गत शुक्रवार उनलाई गिरगाउँ एचएन रिलायंस फाउंडेशन एंड रिसर्च सेंटरमा एडमिट गरिएको थियो ।
खबरका अनुसार विनोद डिहाइड्रेशनबाट पीडित छन् । उनि बर्षदिन अगाडी देखी गंभीर बीरामी छन् । यद्यपी हालसम्म उनको परिवारका सदस्यले यसबारेमा कुनै जानकारी दिएका छैनन् ।
अस्पतालबाट हालै विनोदको एक फोटो बाहिरिएको छ । उनको सार्वजनिक तस्वीरले तपाईँलाई पक्कै असहज महशुस गराउँछ ।
विनोद खन्नाको जन्म ६ अक्टूबर, १९४६ मा पाकिस्तानको पेशावरमा भएको थियो । पछि उनको परिवार मुंबईमा बसेका हुन् ।
विनोदले कलेज लाइफमा रंगमञ्चमा काम गरेका थिए । कलेजमा उनकी प्रेमिका समेत थिइन् । कलेजमा नै गीतांजलिसँग विनोदको भेट भएको थियो, जो पहिलो पत्नी बनिन् ।
विनोद र गीतांजलिका दुई छोरा अक्षय र राहुल खन्ना हुन् ।