एजेन्सी। कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडाका कारण द कपिल शर्मा शो बन्द हुने अवस्थामा पुगेको छ ।
पछिल्लो समय सुनिलले कपिलको शोमा फर्कन नमानेपछि शोको लोकप्रियता घटेको छ । सोही कारण देखाउँदै सोनी टेलिभिजनले कपिल शर्मा शो को प्रसारण बन्द गर्ने जनाएको हो ।
भारतका सञ्चार माध्यमहरुका अनुसार उनको कार्यक्रमलाई रद्द गरी सोनी टिभिले सुनिलको कार्यक्रम प्रसारण गर्ने तयारी गरेको छ । सुनिलले ल्याउने भनेको नयाँ कार्यक्रमबारे खुलासा भएको छैन । सोनीले उपयुक्त ठानेमा सुनिलले तयारी गरेको कार्यक्रम प्रसारण लागि स्वीकृति दिने छ ।
कपिल शर्माको शोको विकल्पमा सोनीले सुनिलको कार्यक्रमलाई ल्याउन लागेको हो। यद्यपी सुनिलले भने आफुले यस विषयमा केही निर्णय नगरेको बताएका छन ।
अष्ट्रेलियाबाट भारत फर्किने क्रममा कपिल शर्माले मद्यपान गरी सुनिलामाथि दुर्व्यबहार गरेका थिए ।