उद्योग वाणिज्य महासंघको निर्वाचनमा निर्माता आकाश विजयी



चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी भएका छन् । आकाश वस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका हुन् ।

आकाश ५६ भोट प्राप्त गर्दै विजयी भएका हुन् । कुल ९९ जना मतदातामध्ये ६ भोट बदर भएको थियो । १४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए ।

बस्तुगततर्फ आफू विजयी भएको खण्डमा चलचित्र क्षेत्रलाई उद्योगमा परिणत गर्न पहल गर्ने, बक्स अफिसका लागि कदम अगाडि चाल्ने आकाशले बताएका थिए ।

आफ्ना प्रतिबद्धता पुरा गर्ने आकाशले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu