निखिलको ‘राधे’को ओपनिङ् आक्रामक



एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज ‘राधे’ले बम्पर ओपनिंग गरेपछि निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् ।

नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ दमदार रहेको बताईएको छ । ६० बढि हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार दमददार ओपनिङ गरेको थियो । त्यसको निरन्तरता शनिबार पनि भयो । दुई दिन नै फिल्म लागेका अददिकांश हल दर्शकले भरिभराउ भए ।

राजधानीको गोपिकृष्ण, अष्टनारायण हलमा निखिल निर्माण टिमसँगै पुगेर दर्शकसँग सिधा साक्षात गरेका थिए भने साथ र सद्भाव अनि मायाको लागी धन्यबाद बोले । भोलीका दिनमा पनि यो प्रकारको मायालाई निरन्तरता दिन आग्रह गरे ।

फिल्मको ओपनिङबाट सन्तुष्ट देखिएका निर्माता सुशिल पोखरेलले फिल्मले दुई दिनमा नै १ करोड ग्रस गरेको दाबी गरेका छन् । फिल्मले पहिलो दिन झण्डै ८० लाख बढि र दोश्रो दिन ४२ लाखको विजनेस गरको निर्माण टिमले बताएको छ । शनिबार बिहान पानी पर्दा सुरुवाती ‘शो’ मा प्रभाव परेको थियो ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा निखिलसँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, शिशिर भण्डारी लिड अभिनयमा छन् । फिल्मले लगानी उठाउन भने अझै ५० लाखको विजनेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu