परालमा सुत्ने दृष्टिबिहिनहरुको दु:ख देख्न सकिएन: पाँडे र जिग्री, यस्तो छ बेहाल अवस्था (भिडियो)



राजविराज। सप्तरी जिल्लाको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहिन परिवारका १७ जनाको लागि घर निर्माण हुने भएको छ ।

सप्तरी युथ नेपाल, जिग्री पाडे प्रतिष्ठान नेपाल र सामाजिक अभियन्ता रमेश कुमार साहको संयुक्त पहलमा निर्माण हुन लागेका तीन घरको शनिवार शिलान्यास भएको छ ।

हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा घरको शिलान्यास गरे ।

बैशाख मसान्तसम्म घर निर्माण गरिसक्ने योजना सहित शिलान्यास गर बनाउन ३० लाख लाग्ने बताईएको छ । ३० लाख मध्ये १५ लाख रुपैया सहयोग संकलन भई सकेको र बाँकी १५ लाख संकलन गर्न बाँकी रहेको जिग्री-पाँडे प्रतिष्ठानले जनाएको छ ।

तीनवटै घरहरु अपांगमैत्री र बालमैत्री हुनेछन् । गम्हरिया प्रवाहा गाविस ५ निवासी शम्भु मण्डलको परिवारमा उनीसहित पाँच जना दृष्टिबिहिन छन् ।

१७ जना सदस्यलाई एक जना महिलाले हेरचाह गर्दै आएकी छिन् । ति महिलाको पनि शरीर जलेको अवस्थामा रहेको छ ।

विस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu