आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’को ईण्डक्ल्याप



आशिरमान जोशी र आना शर्मा स्टारर नेपाली चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को ईण्डक्ल्याप भएको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ मा नेपालगंजमा फिल्मको ईण्डक्ल्याप भएको हो ।

सम्पुर्ण छायांकन नेपालगंजमा गरिएकोयो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । सरोज न्यौपानेले चलचित्रका निर्माता हुन् ।

निर्माता न्यौपानेले ६० बढि दिन खिच्दैगर्दा फिल्मको सम्पुर्ण छायांकन सकिएको र निर्माण टिम तथा कलाकारको टोली राजधानी फर्किँदै गरेको बताए ।

फिल्म आउँदो भदौ २ मा रिलिज घोषणा यसअघि नै गरिसकिएको छ । रिलिजको लागी धेरै समय बाँकी नहुँदा केहि दिनबाट नै फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ ।

युवापुस्ताको कथा बोल्ने फिल्म निर्माण घोषणाको समयदेखि हाईपमा छ । पछिल्लो समय नेपाली दर्शकले खोज्ने स्वादलाई नजिकबाट बुझेको भन्दै राम्रो र स्तरिय फिल्म बनाउन कुनै कन्जुस्याईं नगरेको निर्माता न्यौपानेको दाबी छ ।

फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाही ठकुरी पनि लिड अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu