काठमाण्डौ। चलचित्र ‘मेरी कुशुम’मा समावेश एक रोमान्टिक गीत रिलिज भएको छ । चलचित्रको ‘म त बदलिए तिम्रो कारण’ बोलको गीत रिलिज गरिएको हो ।
टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको गीतमा वुढाथोकीकै संगीत तथा शब्द छ ।
एन.आर. घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको प्रमूख अभिनय छ । दिव्यराज सुवेदीले छायांकन गरेको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गतेबाट नेपालभर रिलिज हुँदैछ । यो चलचित्रको प्रदर्शन मे ५ मा दुबइमा पनि हुँदैछ ।
चलचित्रको रिलिज मिति नजिकिदै जाँदा यसको निर्माणपक्षले प्रचार सामाग्री पनि विभिन्न ढंगले सार्वजनिक गरिरहेको छ । दुबइको प्रदर्शनलाई पनि विशेष ख्याल गर्दै यसको गीतसंगीत र ट्रेलर रिलिज गरिएको हो ।
हेर्नुहोस् गीत: