‘रातो घर’को दोश्रो ट्रेलर रिलीज, हेर्नुहोस् कस्तो छ ट्रेलर (भिडियो)



काठमाण्डौ। जेठ १९ मा रिलीज हुने नेपाली चलचित्र ‘रातो घर’को ट्रेलर रिलीज भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको दोश्रो ट्रेलर रिलीज भएको हो ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘रातो घर’ अघिल्लो बर्ष नै रिलीजको चर्चा थियो तर रिलीज भएन । यसै प्रसंगमा चलचित्रका निर्देशक नाल्बोले पहिले विदेशमा रिलीज गर्नको लागि नेपालमा रिलीज ढिलो गरिएको बताए । नाल्बोले लगानी सुरक्षित गर्नको लागि पहिले विदेश प्रदर्शन गर्नुपरेको खुलाए ।

कार्यक्रममा शुभकामना दिन उपस्थित बरिष्ठ कलाकार सुनिल थापाले आफुले चलचित्र हेरेको र निकै राम्रो रहेको बताए । आफुले चेला मान्दै आएका विल्सन विक्रम राईले खतरनाक अभिनय गरेको भन्दै थापाले तरिफ गरे ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको रातो घरका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्रले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu