हजार करोडको खर्चमा महाभारत बन्ने



संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका अरबपति भारतीय व्यापारी महाभारतमा बन्न लागेको फिल्म ‘द महाभारत’ माथी एक हजार करोडको लगानी गर्न तयार भएका छन् ।

यो हिन्दू महाकाव्य महाभारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो मोसन पिक्चर हुनेछ । चर्चित विज्ञापन फिल्म निर्माता वी.ए. श्रीकुमार मेननले यो फिल्मलाई निर्देशन गर्नेछन् ।

फिल्मको निर्माण दुई हिस्सामा गरिनेछ । फिल्मको शूटिंग सेप्टेम्बर २०१८ बाट सुरु हुनेछ भने २०२० मा सकिनेछ । फिल्मको पहिलो हिस्सा रिलिज भएको ९० दिनपछि दोस्रो भाग रिलिज गरिनेछ ।

फिल्म बनाइरहेको धारावाहिक व्यापारी र अरबपति बी.आर. शेट्टीको स्वामित्व रहेको एक कम्पनीले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ, ‘यो फिल्म अंग्रेजी, हिन्दी, मलायालम, कन्नड़, तमिल र तेलगु एवं प्रमुख विदेशी भाषाहरुमा निर्माण गरिनेछ ।’

यो फिल्ममा अकादमी पुरस्कार विजेताहरुसहित विश्व सिनेमाका केही महान व्यक्तिहरु समेत सहभागी हुनेछन् । फिल्ममा भारतीय सिनेमाका साथ साथ हलीउडका केही चर्चित स्टारहरु पनि देखिने लगभग पक्का भैसकेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu