रेखालाई ‘डायरी’ पोस्टरमा नराख्नुको कारण के हो ?



काठमाण्डौ। जेठ ५ गते अल नेपाल रिलीज हुने नेपाली चलचित्र ‘डायरी’का दुई पोस्टर रिलीज गरिएको छ ।

सार्वजनिक पोष्टरमा नायिका छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह मात्रै राखिएको छ । चलचित्रमा खलपात्रमा रहेकी नायिका रेखा थापा भने पोस्टरमा अटिनन्, किन त ?

यो प्रश्नमा निर्माता समेत रहेकी छुल्ठिमले भनिन्, ‘रेखाको सोलो पोस्टर बनाउँदै छौँ । हाम्रो सम्बन्धमा कुनै समस्या भएर होइन ।’

सार्वजनिक पोस्टरलाई शान थापा र विजय बस्याल(टौवा क्रियशन)ले तयार गरेका हुन् । छेतेन गुरुङको लेखन रहेको चलचित्रलाई अनिल योञ्जन लामाले निर्देशन गरेका छन् ।

अनिल योञ्जन र छुल्ठिम गुरुङको निर्माणमा बनेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन तथा राजकुमार उप्रेतीको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu