जापानमा देखाईँदै ‘सायद २’



चलचित्र “सायद २” जापानको राजधानी टोकियोमा बिशेष प्रदर्शनी हुने भएको छ । निर्माता सुनिल रावलका अनुसार मे १४ मा शो हुनेछ । नेपालमा भने यो चलचित्र असार ३० मा रिलीज हुँदैछ ।

नाकानो जिरो हलमा हुने शो मा सहभागी हुनको लागि चलचित्रका निर्माता सुनिल रावल, प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल र सचित खड्का सहभागी हुनेछन् । जापानमा चलचित्रले सबैको मन जित्ने बिश्वासमा निर्माण पक्ष छ ।

विशेष प्रर्दशन शो बाट संकलन भएको रकम मध्ये केही जापानमा नै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुको छात्रवृतिको लागि सहयोग प्रदान गरिने बताईएको छ । ‍

“सायद २” ले अहिलेको युवा पुस्ताको ताजा कथा बोल्छ । यस्तै युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो संदेश समेत चलचित्रले प्रदान गर्ने निर्माण पक्षेको दाबी छ ।

दुर्गिश फिल्म्सको ब्यानरद्वारा निर्मित चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । चलचित्रका निर्माताहरुमा सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu