काठमाण्डौ। केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र ‘राज्जा रानी’ को रिलिज घोषणा गरिएको छ । वितरण कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जन र फिल्मका निर्माता रमेश एम.के पौडेलबीच भएको छलफलबाट ‘राज्जा रानी’ लाई पुस २८ गते रिलिज गर्ने फाइनल भएको हो ।
कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र र रानीको कथा लेखिसकेका यम थापाले ‘राज्जा रानी’ निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । केकी, नाजिरसँगै फिल्ममा कामेश्वर चौरासिया र रेखा थापा छन् । फिल्मले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।

चलचित्रमा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।




