फिल्मीखबरका पत्रकार दाहाल माथी धम्की



काठमाण्डौ। मनोरञ्जनात्मक अनलाइन न्यूज पोर्टल फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान दाहाल (मनिष)लाई अपरिचित व्यक्तिले धम्की दिएकोप्रति चलचित्र पत्रकार संघ, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार संघका महासचिव अनिल यादवले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस संघका सदस्य एवं फिल्मीखबर डटकममा कार्यरत अन्जान दाहाल (मनिष) माथी समाचार लेखेको विषयलाई लिएर अपरिचित व्यक्तिले दिएको धम्कीप्रति चलचित्र पत्रकार संघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार दाहालाई प्रदर्शनको तयारीमा रहेको ‘प्रेमगीत २’ लाई असर पर्ने गरी समाचार लेखेको भन्दै समाचार लेखेकै दिन राती उनीमाथी धम्की आएको थियो ।’

पत्रकार दाहालले गएको शनिवार ‘कहानी यो प्रेमगीत को’ भर्सेस ‘भन्छु आज’, दर्शकले रुचाए कुन ? शिर्षकमा एक समाचार प्रकाशन गरेका थिए र सोही समाचारमा आपत्ती जनाउँदै एक अपरिचित व्यक्तिले पत्रकार दाहालमाथी धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । समाचार प्रकाशन गरेको साँझ ९ं२३ मा नेपालगञ्ज घर बताउने सुरेश श्रेष्ठले फोन गरी प्रकाशित समाचार हटाउनुपर्ने र आगामी दिनमा समाचार लेखेमा जे पनि गर्न सक्ने (अपशब्द बोल्दै) धम्की दिएका थिए ।

पत्रकार दाहालले धम्की दिने सुरेश श्रेष्ठसँग गरिएको अडियो कुराकानी सुरक्षित रहेको र अब आफूले कानुनी बाटो राज्ने जानकारी दिए । पत्रकार दाहालले झण्डै ५ बर्षदेखी फिल्मी पत्रकारिता गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu