अब अष्ट्रेलियामा ‘लभ लभ लभ’



नेपालमा बैशाख १ गते रिलीज भएको नेपाली चलचित्र ‘लभ लभ लभ’ अब अष्ट्रेलियामा देखाईने भएको छ । अष्ट्रेलियाको सिड्नी शहरबाट चलचित्रले विदेश प्रदर्शन आरम्भ गर्नेछ ।

जेष्ठ ६ गते सिड्नीको इभेन्ट सिनेमासमा ‘लभ लभ लभ’ प्रदर्शन हुँदैछ । यो फिल्मको सिड्नी प्रिमियरका लागि जेष्ठ २ गते नेपालबाट निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे जानेछन् ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्मलाई सुरेश राईले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu