आमिरसँग फेरीपनि कटरीना



एजेन्सी। आमिर खान र अमिताभ बच्चनको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा कटरीना कैफ नायिका रहने भएकी छिन् । यो चलचित्र यशराज फिल्म्सको मेगा प्रोजेक्ट हो ।

अभिनेता खानले ट्विटरमा शेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामीले हाम्रो ठग भेटेका छौं कटरीना । कैटलाई स्वागत छ ।’ कटरीना अहिले अबुधाबीमा आफ्नो नयाँ फिल्म ‘टाइगर जिन्दा है’ को छायांकनमा व्यस्त छिन् ।

यो चलचित्रका निर्देशक अली अब्बास जफर हुन् र यसमा सलमान खान मुख्य भूमिकामा छन् । यो फिल्म २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । ठग्स अफ हिन्दुस्तानमा आमिर, कटरीना र विजय कृष्ण आचार्य एकपटक फेरी काम गर्दैछन् । आचार्य यो फिल्मका निर्देशक हुन् ।

यी तीनले यसभन्दा अगाडि ‘धूम ३’ मा एकसाथ काम गरेका थिए । आमिर र बच्चन भने पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । कटरीना र बच्चनले भने ‘सरकार’ र ‘बूम’ मा एकसाथ काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu