साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा



काठमाण्डौ। कोरियोग्राफर रेनेशा वान्तवा राईले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को निर्माण घोषणा गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहने चलचित्रमा धिरज मगर, विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाइँ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । शुक्रवार औपचारिक रुपमा यो चलचित्रको घोषणा गरियो ।

काठमाडौं र लण्डनमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी ‘मिन्टु’ र धिरज ‘इन्टु’ को भूमिकामा रहनेछन् । फिल्मको निर्माण घोषणा कार्यक्रममा रेनेशाले भनेकी छिन्, ‘फिल्म निर्देशन मेरो यो पहिलो भएपनि दर्शकहरुलाई निराश बनाउने छैन् । मेरो कोरियोग्राफीलाई जसरी आम दर्शकहरुले रुचाउनुभएको थियो त्यसरी नै फिल्मलाई पनि उत्कृष्ट बनाउने मेरो प्रयास रहनेछ ।’

आईकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्जवल शम्सेर जबराले यो चलचित्र बनाउन लागेका हुन् । चलचित्रमा सह-निर्माताको रुपमा सुलेखा राई, बसन्त तामाङ, सुस्मिता जिरेल छन् । रोमान्टिक ड्रामा बताइएको यो चलचित्रमा साम्राज्ञीको अपोटिजमा धिरज मगर देखिँदैछन् । उनको यो डेब्यू फिल्म हो । चलचित्रको छायांकन जुन १६ देखि अगष्ट ७ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu