काठमाण्डौ। काठमाण्डौको मैतिदेवीमा ‘कान्तिपुर फिल्म एकेडेमी’ सञ्चालनमा आएको छ । अन्तराष्ट्रिय स्तरको अध्यापन गराउने उद्देश्यले स्थापना भएको ‘कान्तिपुर फिल्म एकेडेमी’को शुक्रबार औपचारिक घोषणा गरिएको छ ।
चलचित्र निर्माता छविराज ओझा अध्यक्ष रहेको एकेडेमीमा प्रकाश पुरी कार्यकारी प्रमूख छन् भने दयाराम घिमिरे, पृथ्वीराज प्रसार्इ र सुरज चिलुवाल लगानीकर्ता हुन् । एकेडेमीमा ‘निर्देशन, अभिनय, छायांकन, सम्पादन लगायतका बिधाको अध्यापन हुने बताईऐको छ ।
एकेडेमीले रसियाको एक एक्टिङ्ग इन्टिच्यूटसंग केही सम्झौता पनि गरेको छ । जसअनुसार पहिलो चरणमा ‘कान्तिपुर फिल्म एकेडेमी’ बाट अभिनय विधाबाट २ जना विद्यार्थी संजोग रसाइली, अनिल कँडेल र निर्देशन विधाबाट १ जना विद्यार्थी परिच्छेद सेनलार्इ स्कलरसिपमा अध्ययनको मौका दिइएको छ ।