यसकारण चल्नुपर्छ ‘हिटलर’: निर्देशक ढकाल



काठमाण्डौ। यहि शुक्रबारबाट देशभर नेपाली चलचित्र ‘हिटलर’ रिलिज हुँदैछ । नामकै कारण चर्चामा रहेको यो फिल्मलाई सौरभ ढकालले निर्देशन गरेका छन् ।

यसैबीच हामीले निर्देशक ढकाललाई ‘तपाईँको चलचित्र चल्नुपर्ने कारण के हो त ?’ भन्ने प्रश्न गरेका छौँ । प्रश्नको उत्तरमा निर्देशक भन्छन्, १ घन्टा ५६ मिनेट लामो फिल्ममा मनोरञ्जनको खुराक छ । उनले भनेका छन्, ‘फिल्म कलरफूल छ । कमेडी, प्रेमको संयोजनले फिल्मलाई उत्कृष्ट बनाएको छ ।’

ढकालका अनुसार फिल्मको टाइटल ‘हिटलर’ राख्नुको कारण पनि फिल्म हेर्दा खुल्नेछ । यससँगै फिल्म भित्र मेनुका प्रधान, ए गुरुङका फ्यानका लागि उनीहरुको नौलो अवतार विशेष हुने निर्देशक ढकालको भनाई छ । ढकालका अनुसार मेनुका र ए गुरुङले आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय गरेका छन् ।

फिल्ममा अभिनेता सोहित मानन्धर र नव-अभिनेत्री सामिया बर्तौलाको रोमान्स हेर्न सकिन्छ । सौरभ फिल्म चल्नेमा आफू ढुक्क रहेको सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu