काठमाण्डौ। यो साता दुई नेपाली चलचित्रहरु ‘पर्व र हिटलर’ रिलिज भएका छन् ।
दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा छन् । यो चलचित्रले सस्पेन्स कथामा निर्माण भएको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा बनेको चलचित्रको वुधबार प्रिमियर शो आयोजना भएको थियो । प्रिमियरमा यो चलचित्र रुचाइएको थियो । ‘काले दाई’ बोलको गीतको चर्चासँगै यो चलचित्र अझ बढी चर्चामा आएको थियो ।
सँगै रिलीज भएको चलचित्र ‘हिटलर’लाई सौरभ ढकालले निर्देशन गरेका छन् । यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ र नव-नायिका सामिया बर्तौलाको प्रमूख भूमिका छ । कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई अष्टनारायण पिक्चर्सले निर्माण गरेको हो ।