काठमाण्डौ। गएको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नम्रता श्रेष्ठ र कोशिश क्षेत्री स्टारर फिल्म ‘पर्व’ को व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ । बर्ष २०७२ मा रिलिज भएको फिल्म ‘क्लासिक’ पछि ‘पर्व’ मार्फत फेरी पर्दामा फर्किएकी नम्रतालाई देख्न पाउँदा दर्शक उत्साहित देखिएका छन् ।
दर्शकहरुले फिल्म पर्वको कथावस्तु, प्रस्तुती र मेकिङलाई रुचाएका छन् । जेष्ठ १२ गतेदेखि देशका ७७ सिनेमा हलहरुबाट प्रदर्शनमा आएको ‘पर्व’ हेरेका दर्शकहरुको प्रतिक्रिया दिन शनिबार विहानदेखि नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्कीलाई साथमा लिएर निर्देशक दिनेश राउत उपत्यकाका हल–हलमा पुगेका थिए ।

हल–हलमा पुगेकी नायिका श्रेष्ठले काठमाण्डौ भित्रका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको उपस्थिती बाक्लो देखेर आफू खुशी भएको बताइन् । उनले, काठमाण्डौ बाहिरबाट पनि दर्शकको राम्रो प्रतिक्रिया दिएको सुनाइन् । निर्माताद्धय निकिता पौडेल र सुवास गिरीले वर्ड अफ माउथ सुखद भएकाले आगामी दिनमा यसको व्यापारमा फाइदा पुग्ने विश्वास व्यक्त गरे ।




