भदौ ३० मा पल र आँचलको ‘जोनी जेन्टलम्यान’



काठमाण्डौ। नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र जोनी जेन्टलम्यान जेष्ठ १९ गते हलमा नलाग्ने भएको छ । देशको वर्तमान राजनीति घटनाक्रमले चलचित्रको व्यापारमा असर गर्ने देखिएपछि निर्माणपक्षले फिल्मलाई दुई महिना पछाडि सार्दै भदौ ३० गते रिलिज गर्ने भएको छ ।

बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनले नेपाली चलचित्रको व्यापारलाई ठूलो असर पुगेको थियो । त्यस्तै, जेष्ठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनले पनि चलचित्रको विजनेशलाई असर पर्ने देखिएपछि जोनी जेन्टलम्यान भदौ ३१ गतेबाट नेपालका सिनेमा हलमा रिलिज हुन लागेको फिल्मका निर्देशक नितिन चन्दले जानकारी दिए ।

फिल्मको नयाँ रिलिज मिति सार्वजनिकसँगै निर्माणपक्षले नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । कमेडी, एक्सन र प्रेमको मिश्रण रहेको यो फिल्मलाई एन्ड्रियु पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu