निर्देशक बस्नेत र उनकी पत्नीले गरे एकसाथ नृत्य: ‘२ रुपैयाँ’को गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। चर्चित चलचित्र निर्देशक निश्चल बस्नेत र उनकी पत्नी स्वस्तिमा खड्काले पहिलो पटक एउटै गीतमा नृत्य गरेका छन् । चलचित्र ‘२ रुपैयाँ’‍‍मा रहेको ‘कुटुमा कुटु’ बोलको गीतमा उनिहरु एकसाथ देखिएका हुन् ।

गीतमा राजनराज शिवाकोटीको शब्द-संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । लगातार हिट गीतहरु पस्किरहेका संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको यो गीतले पनि बजार पिट्न सक्ने अनुमान लगाउन सकिन्छ ।

असिम शाहले निर्देशन गरेको यो कमेडी चलचित्रमा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ ।

चलचित्रमा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको फिल्म भदौ २३ गतेबाट अलनेपाल रिलिज हुने फाइनल भैसकेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu