फरिया र चौबन्दी नबिर्सिएका मिलन र एलिसा (भिडियो)



काठमाण्डौ। गायिका मिलन अमात्यको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘फरिया चौबन्दी’ बोलको गीतको भिडियोमा मिलन आफैले पनि मोडलिङ गरेकी छिन् ।

नेपाली पार्श्र्व गायनमा निकै चर्चित मिलन अहिले देश तथा विदेशका कार्यक्रममा सर्वाधिक व्यस्त छिन् । उनै, मिलनले सार्वजनिक गरेको यो गीतमा उत्तम जंग लिम्बुको शब्द र संगीत छ । यो गीत मिलनको तेश्रो एल्बम ‘मिलन संजोग’बाट लिइएको हो ।

मिलनले यो गीतमा डिस्को डान्स गएपनि आफ्नो संकृतीलाई नविर्सिएको भन्दै नयाँ पुस्ताको सन्देश दिन खोजेकी छिन् । नितिन चन्दको सम्पादन, छायांकन र निर्देशन रहेको यो भिडियोमा जुना सन्दास, विशाल सापकोटा र अर्जुन गौतमको अभिनय छ । भिडियोमा मोडल एलिसा राइले अतिथी भूमिकामा काम गरेकी छिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu