नेपाली ठिटोजको ‘चस्मा वाला’ गीत सार्वजनिक, कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिईने



काठमाण्डौ। विकास सुवेदीको निर्देशनमा बनेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ ।

भिडियोमा ‘नेपाली ठिटोज टिम’ ले अभिनय गरेको छ । ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन् । यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ले ‘छुकछुके रेल’ लगायतका गीतमा अभिनय गरेको थियो । यो गीतमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजित म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराईयो । कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र ‘चस्मा वाला’ को गीतमा भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ । [email protected] तथा [email protected] मा कभर भिडियो पठाउन सकिनेछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu