दर्शकले रुचाए वानसट्मा खिचिएको ‘जालो’



दर्शकले रुचाए वानसट्मा खिचिएको ‘जालो’४ घण्टासम्म लगातार क्यामेरा अफ नगरि वानसट्मा खिचिएको दुई फिल्म हो ‘जालो’ र ‘जालो रिर्टन्स’ । जसमध्ये अहिले सिनेमा हलमा ‘जालो’ प्रदर्शन भैरहेको छ । संंभवत अर्को वर्ष भने ‘जालो’ को सिक्वेल ‘जालो रिर्टन्स’ प्रदर्शन हुनेछ । ट्रेलरबाटै प्रतिक्षित बनेको ‘जालो’ ले अहिले दर्शकहरुबाट भने सुखद प्रतिक्रिया पाइरहेको छ ।

 

फिल्म हेर्ने दर्शकहरुले वानसट्मा खिचिएको फिल्म ‘जालो’ का छायांकन हरी घले लामा, निर्देशक अराजकेशव गिरी र कलाकारहरुको कामको तारिफ गरेका छन् । प्रत्येक १० देखि १५ मिनेटमा फिल्मको कथाले नयाँ मोड लिन्छ, जसले दर्शकहरुलाई पूरा फिल्म अवधिभर बाँधेर राख्न सफल भएको छ ।

सस्पेन्स थ्रिलर फिल्म ‘जालो’ मा ‘जालो रिर्टन्स’ को पनि केही अंश देखाइएको छ । ‘जालो’ अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu