काठमाण्डौ। २०६४ को पाँचथर तारा रोजिना थाम्सुहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘एक ईशारा’ बोलको गीतको भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको अभिनय रहेको छ ।
डि.पि. खनालका शब्दमा रहेको गीतमा प्रेमी-प्रेमीकाको प्रेमालाप दर्शाईएको छ । यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ । भिडियोको निर्देशन देव जंग थापाले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियोको छायांकन मकवानपुरको कुलेखानीमा गरिएको छ ।
इस्ट कास्ट क्रियशनले भिडियो निर्माण गरेको यो गीतको अडियो ब्यवस्थापन डिएनपि म्यूजिक प्रा.ली.ले गरको छ ।
भिडियो: