‘रातो घर’ दर्शकलाई उत्कृष्ट लागेको छ: निर्देशक



काठमाण्डौ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रातो घर’का निर्देशक सुरज सुब्बा ‘नाल्बो’ दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको बताएका छन् । हामीसँगको कुराकानीमा सुब्बाले भने, ‘शुक्रवार फिल्मको बम्पर ओपनिङ नभएपनि देशभर सुखद नै रह्यो । शनिवारदेखि सम्पूर्ण हलहरुमा ‘रातो घर’ लाई दर्शकहरुले राम्रो साथ दिएका छन् । फिल्म हेरेर फर्किएका दर्शकहरुबाट पाएको सुखद प्रतिक्रिया म निकै खुशी छु । दर्शकहरुले फिल्मको कथावस्तु र विल्सन विक्रम राईको अभिनयलाई निकै रुचाएका छन् ।’

काठमाडौंको सिटी सेन्टरमा रहेको बिग मुभिजमा सोमबारबाट ‘रातो घर’ ले थप १ शो पाएको छ । यसअघि बिग मुभिजले २ शो दिएको थियो । निर्देशक सुरज सुब्बाका अनुसार, सिंगल र मल्टिप्लेक्स दुवैमा फिल्म हेर्ने दर्शकहरु बढिरहेका छन् । ‘रातो घर’ मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu