रोहितको बिस्तारै-बिस्तारै ‘प्रेमगीत २’ मा, यस्तो छ भिडियो



काठमाण्डौ। साउन १३ गते रिलिज हुने नेपाली चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत सार्वजनिक भएकोछ । सार्वजनिक ‘विस्तारै-विस्तारै’ बोलको गीतमा रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर छ ।

यो गीतले नै यसअघि रोहितलाई चिनाएको थियो । हाल आएर यो चलचित्रमा उक्त गीत राखिएको हो । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

आँशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । पटकथा पनि पाठककै हो । यो फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu