शनिबार राम्रो ब्यापार भयो: लाल्टीन टीम



काठमाण्डौ। शुक्रबारबाट प्रर्दशनमा आएको नेपाली चलचित्र ‘लाल्टिन’ले शनिबार उत्साहजनक ब्यापार गरेको बताईएको छ ।

शनिबार काठमाडौँ र उपत्यका बाहिरका थप हलहरुमा चलचित्रले सन्तोषजनक ब्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । ‘शुक्रबार र शनिबार दर्शकले राम्रो प्रतिक्रिया दिएको कारण आइतबारबाट अझै दर्शकहरु हल आउने कुरामा ढुक्क छौँ’ निर्माण पक्षले जनाएको छ ।

देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu