साउन ६ गते डा. खाते रिलीज हुने



काठमाडौं। बाल श्रम विरुद्धको दिवसको अवसर पारि बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रले बालश्रम बिरुद्धको आवाजका साथै सडक बालबालिका र घरेलु श्रमिक बाल हिंसा विरुद्धको अवाज उठान गरेको छ ।

रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन । डा. खाते मार्फत चलचित्र निर्माणमा आएकी रोशनीले यस अघि आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन । साउन ६ गतेबाट प्रदर्शन आउने उक्त चलचित्रमा समाजकै कथालाई प्रस्तुत गरेको उनको भनाई छ । उनले यो चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन ।

यस्तै चलचित्रका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए । उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए । डव्वुका अनुसार अहिले यि चौ जना विभिन्न क्षेत्रमा रोजगारिमा रहेका छन् ।

त्यसो त चलचित्रले उठान गरेको विषय आफुलाई मन परेकै कारण यसको वितरण जिम्मा आफ्नो कम्पनीले लिएको चलचित्र विकास बोर्डका सदस्य समेत रहेका वितरक नरेन्द्र महर्जनले बताएका छन् । उनले यो चलचित्रले उठाएको विषय समाजमा घटिरहेकै घटनाहरु रहेको भन्दै सरकारका तर्फबाट आवश्यक सहयोग गर्न विकास बोर्ड तयार रहेको जनाएका छन् ।

चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायााकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ । कार्यक्रममा सांस्कृतिक संघका सभापति तिर्थ थापा, वितरक गोविन्द शाही लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu