‘धनपति’को ‘सुख-दुःख’ गीत रिलिज (भिडियो)



काठमाण्डौ। असार २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यसवर्षको प्रतिक्षित चलचित्र ‘धनपति’को पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ‘सुख-दुःख’ बोलको गीतमा आधा सुर र शरदा अधिकारीको आवाजमा छ भने आधा सुरकै शब्द तथा संगीत छ । गीतमा चलचित्रका मुख्य पात्र अर्थात खगेन्द्र लामिछानेको परिवारको ‘सुख-दुःख’ देखाइएको छ ।

दीपेन्द्र के.खनाल निर्देशित यो फिल्ममा खगेन्द्रका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि अभिनय छ । यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा खगेन्द्र लामिछानेको कथा छ ।

फिल्ममा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ । ओम गुरुङ सहायक निर्माता रहेको फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu