पल र पुजाको हातमा हतकडी



काठमाण्डौ। असार ३० गते रिलीज हुने चलचित्र ‘म यस्तो गीत गाउँछु’का नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हतकडी’ देखिएको छ । दुवै जना हातमा हतकडी लगाएको अवस्थामा देखिएपछिचलचित्रको कथावस्तुलाई लिएर अझै कौतुहलता बढेको छ । हालै सार्वजनिक चलचित्रको पोष्टरमा पल र पूजाको प्रेममा हतकडी लगाइएको छ ।

सुदर्शन थापाले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा अब्बल देखिएका छन् । उनै, सुदर्शनले भने-‘चलचित्रको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो ।

साथै, अन्य केही पोष्टरमा पल र पूजा प्रेममा रमाएका छन् । पूर्ण रुपमा लभ स्टोरी यो चलचित्रको संगीतले अहिले बजारमा राम्रो उचाई पाइरहेको छ । ‘भन्छु आजदेखि किन आजकल’सम्मका गीतले खुबै राम्रो प्रशंसा बटुलिरहेका छन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu