‘प्रेमगीत २’का अफिसियल पोस्टर रिलिज, देश कन्सर्टमा हिड्यो चलचित्र टीम



काठमाण्डौ। साउन १३ गते रिलिज हुने नेपाली चलचित्र ‘प्रेमगीत २’का पोस्टरहरु औपचारिक रुपमा सार्वजनिक गरिएको छ । टौवा क्रिएशनद्वारा रचित पोस्टरहरु ग्लसी एवं आकर्षक छन् ।

पोस्टरमा प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेन चित्रित छन् । पोस्टरमा प्रेमकथा र एक्शन दुवै पक्षलाई उत्तिकै प्राथमिकतामा राखिएको छ । रामशरण पाठक निर्देशित यो चलचित्रलेले देश दौडाहा थाल्नुअघि पोस्टर रिलिज गरेको हो ।

तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट टुर पोखरा, नेपालगञ्ज हुँदै पूर्वी सहरतर्फ अघि बढ्नेछ । नेपाल, म्यानमार र थाइल्यान्डमा सुट गरिएको सिनेमाले देशव्यापी प्रचार दौडाहालाई वास्तविक दर्शकसामु पुग्ने माध्यम भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu