‘सायद २’ले पिजी सर्टिफिकेट पाउँदा निर्माता खुशी



काठमाण्डौ। यसै साता रिलीज हुने चलचित्र ‘सायद २’ पिजी सर्टिफिकेट प्राप्त गर्दै सेन्सर पास भएको छ । अब यो चलचित्र १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथ मात्र हेर्न पाउनेछन् ।

निर्माता सुनिल रावलले आफुलाई पिजी फाप्ने बताएका छन् । उनका अघिल्ला चलचित्रहरु ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिर्टन्स’ले पनि पिजी सर्टिफिकेट पाएका थिए ।

‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो । चलचित्रलाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । यो चलचित्रमा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu