सलमानले यसकारण छोड्नेवाला छन् ‘बिग बोस’



salman-khan-big-bossठुलोपर्दा डटकम। सलमान खान रियालिटी शो बिग बोसको निर्मातासँग खुशी नरहेको समाचारहरु आएका छन् । यही कारण उनले केही समयदेखि अघिल्लो सिजनमा आफूले बिग बोस होस्ट नगर्ने लगातार रुपमा उनले बताउँदै आएका छन् ।

पछिल्लो समयसम्म आइपुग्दा सलमानले शो छाड्ने लगभग पक्का भएको छ । उनी हालको जिग बोसमा गरिएको उलटपुलटदेखि बेखुशी छन् । यसै कारण सलमानले शो छाड्ने मनस्थिति बनाएका हुन् ।

उनको रिसको कारण विग बोसमा पुनरागमन गराइएका कुशाल टंडन रहेका छन् । सलमानले कुशालको पुनरागमन चाहेका थिएनन् तर निर्माताले सलमानविरुद्ध गएर कुशाललाई फेरि ल्याए ।

टेलिभिजन च्यानले शोको टिआरपी बढाउनका लागि कुशाललाई फेरि ल्याइएको बताएको छ । सलमानले कुशाललाई ल्याइसकेपछि पनि निकालन्का लागि निर्मातालाई दवाव दिएका थिए । उनको सल्लाह नमानेपछि अर्को सिजनमा सलमान आफै बाहिरिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu