विद्यार्थीसँग सिपोरा



काठमाण्डौ। विद्यालय स्तरीय वृहत चित्रकला प्रतियोगितामा भाग लिन आएकी विद्यार्थीसँग नेपाली चलचित्र ‘भुइँ मान्छे’ युनिटले अन्तरक्रिया गरेको छ ।

फिल्मको तर्फबाट निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकीसँगै कलाकारहरु रमेश बुढाथोकी, सिपोरा गुरुङ र सानु ताम्राकारले अन्तरक्रिया गरेका थिए । प्रतियोगिता राजधानी स्थित हनुमान ढोका दरबार क्षेत्रमा युथ कर्नर तथा काठमाण्डौ खेल मण्डलद्वारा संयुक्त आयोजना भएको थियो ।

शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित यस फिल्मको बारेमा निर्देशक नवराजले जानकारी दिँदै आएको जिज्ञासालाई मेटाएका थिए । सिपोराले पनि आफुलाई विषयवस्तु मन परेकोले अभिनय गरेको बताउनुका साथै फिल्मले विद्यार्थीलाई पनि केहि ज्ञान दिने बताएकी थिइन् ।

रिलिजका लागि केहि साता मात्र बाँकी रहदा फिल्म युनिटले माध्यमिक तहसम्म अध्यन गर्ने विधार्थीसँग अन्तरक्रिया गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu