आना र आशिर्मानको अजम्बरी माया (भिडियो)



काठमाण्डौ। चलचित्र ‘ग्याङस्टार ब्लूज’को रोमान्टिक गीत रिलिज भएको छ । ‘अजम्बरी माया’ बोलको गीतमा आशिरमान र आनाले अजम्बरी माया गर्ने वाचा गरेका छन् ।

सार्वजनिक गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेका शब्द छन् । भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो चलचित्र हेमराज बीसीले निर्देशन गरेका छन् ।

चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माता हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu