प्रेम र गीतको यस्तो वियोग (भिडियो)



काठमाण्डौ। श्रावण १३ गते रिलीज हुने प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत रिलिज भएको छ । ‘नत हाँस्न नै’ बोलको वियोगान्त गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काका शब्द र सागर संसार राईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा प्रेमिकाको यादमा तड्पिरहेको युवकको पीडा झल्किन्छ । नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरी गीतमा देखिन्छन् भने चलचित्रका अन्य केहि दृश्य पनि समावेश गरिएको छ ।

रामशरण पाठक निर्देशित ‘प्रेम गीत २’लाई आँशुसेन फिल्मसको ब्यानरमा सन्तोस सेनले निर्माण गरेका छन् । बर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को नेमसिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम देखाईने छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu