काठमाण्डौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चर्चित लोक गायक बद्रि पंगेनीलाई बुधवार नेपाल प्रहरीले पक्राउ गरेको छ ।
महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट पंगेनीसहित ११ जनालाई पक्राउ गरेको हो । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेका हुन् ।
उनीहरु भेला भएको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु जुवातास खोल्न बसेको हुनसक्ने आशंका गरेको छ ।
प्रहरीले बरामद सामग्रीसहित मुचुल्का गरेर पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको छ ।