काठमाण्डौ। राजधानीमा नयाँ स्टुडियो सञ्चालनमा आएको छ । चर्चित गायक अनिल सिंह र सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले राजधानीको डिल्लीबजारमा संयुक्त रुपमा “म्यूजिक स्टेट स्टुडियो” नामक स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
गायक अनिल सिंहले आफ्नो तेस्रो म्यूजिक एल्बम “म्युजिक स्टेट”लाई नै स्टुडियोको नाम दिएका हुन् । उक्त स्टुडियोमा गीत रेकर्डिङ्ग, टिभी कार्यक्रम, युट्यूब कार्यक्रम निर्माण गरिनेछ ।
सञ्चालक मध्येका एक नरेश भट्टराईले स्टुडियोबाट नेपाली फिल्मको विदेश प्रदर्शनको समेत काम हुने बताए । कार्यक्रममा गायक अनिल सिंहले लाइभ ब्यान्डका साथ एक गीत पनि गाएका थिए ।