‘छक्का पन्जा २’को गीत रिलिज (भिडियो)



काठमाण्डौ। गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘ए दाजु नसमाउ न नाडीमा’ बोलको ट्राभल्स सङमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङ छन् ।

प्रिन्स र दीपकराज गिरीले लेखेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

गीत सार्वजनिक कार्यक्रममा काभ्रे पलाञ्चोकको पनौतिस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई दीपकराज गिरी र दीपाश्री निरौलाले एम्बुलेन्स हस्तान्तरण गरे । चलचित्र ‘छक्का पन्जा’ सुपरहिट भएपछि दीपक र दीपाले सुटिङ गरिएको पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।

चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu