‘म यस्तो गीत गाउँछु’को एकहप्ते कलेक्सन कति ?



काठमाण्डौ। गएको हप्ता प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको दुईदिन अर्थात्, शुक्रवार र शनिवार आक्रामक व्यापार गरेको थियो । आइतवारबाट पनि लोभलाग्दो विजनेश गरिरहेको फिल्मले दुई दिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको वितरकले बताएका थिए । यो चलचित्रले आजबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ ।

राजधानीमा चलचित्र वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थका अनुसार ‘म यस्तो गीत गाउँछु’ले एक हप्तामा ३ करोड ६ हजारको व्यापार गरेको छ । यस्तै, मोफसलमा चलचित्र वितरणको जिम्मा लिएका मनोज राठीले एक हप्तामा ‘म यस्तो गीत गाउँछु’ले १ करोड ७५ लाख ग्रस विजनेश गरेको बताए । दुई वितरकले दिएको व्यापारिक रिपोर्ट भन्छ कि चलचित्रले राजधानी भित्र र बाहिर गरि एक हप्तामा कूल ४ करोड ८१ लाखको विजनेश गर्न सफल भएको छ ।

चलचित्र सफल भएपछि दर्शकलाई धन्यवाद दिन र प्रतिक्रिया वुझ्न यसका निर्देशक सुदर्शन थापा, नायिका तथा निर्मात्री पूजा शर्मा, नायक पल शाह लगायतको टीम अहिले मोफसलको दौडमा छन् । दमौलीबाट सुरु भएको यात्रा पोखरा, वुटवल, चितवनहुदै हेटौडासम्म पुग्नेछ ।

फिल्मलाई निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu