काठमाण्डौ। दुई दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको कथामा चलचित्र ‘देश खोज्दै जाँदा’ बनाईएको छ । यो चलचित्र भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा बिशेषत: भुटानी शरणार्थीहरुले गरेको आन्दोलन, उनीहरुले भोगेको दुःख र उनीहरु अमेरिका जाने कथा देखाइएको छ ।
यो चलचित्रलाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । यो चलचित्रमा गायक तथा नायक बाबु बोगटी र कलाकार महेन्द्र बुढाथोकीको प्रमूख अभिनय छ । निर्वासित भुटानीहरुको संस्था इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।
उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको संगीत, स्वरुपराज आचार्यको स्वर, मनोरञ्जन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन छ।