सिने सर्कल फिल्म अवार्डको मनोनयन सार्वजनिक



काठमाण्डौ। साउन २३ गते काठमाण्डौमा आयोजना हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड-२०७४’मा नेपाली चलचित्रको ५१ वर्षको ईतिहासलाई स्मरण गरिने भएको छ । अवार्ड समारोहमा नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान अर्पण गरिने कार्यक्रममा सहभागिता जनाउन बलिउडबाट उक्त चलचित्रका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने निश्चित भएको आयोजक संस्थाले जनाएको छ ।

यसैबीच सिनेमा सर्कल नेपालले आयोजना गर्ने ‘एलजी सिने सर्कल अवार्ड-२०७४’मा प्रतिस्पर्धामा परेका उत्कृष्ट चलचित्रहरुको मनोनयन सूची सार्वजनिक गरिएको छ । पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले अघिल्लो वर्षदेखि प्रारम्भ भएको यो अवार्डमा यसपटक चन्द्रागिरी हिल्स प्रा.लि.ले पनि सहकार्य गरेको छ ।

उल्लेखित चलचित्रहरुको उत्कृष्ट पाँचको सुची २०७३ सालमा प्रदर्शनमा आएका चलचित्रहरु मध्येबाट हरेक विधामा लगभग ३ जना (कुल ६३ जना)ले चलचित्र भवनको नियमित प्रदर्शनमा अवलोकन गरि सिफारिस गरेको उत्कृष्ट ८ को आधारमा एलजि सिने सर्कल अवार्ड-२०७४ को लागि दर्ता गरिएका चलचित्रहरुबाट मात्र छानिएको हो ।

यसपटकको एवार्डमा छक्का पञ्जा, गाजलु, जात्रा, वीर विक्रम तथा पुरानो डुंगा बेस्ट फिल्म अफ द इयरको विधामा मनोनित हुन सफल भएका छन् । दीपाश्री निरौला (छक्का पञ्जा), हेमराज बिसी (गाजलु), प्रदीप भट्टराई (जात्रा), मिलन चाम्स (वीर विक्रम) तथा रामबाबु गुरुङ (पुरानो डुंगा) सर्वोत्कृष्ट निर्देशकको विधामा मनोनित छन् ।

समारोहमा वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँ नगद राशीसहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ । एलजी सिने सर्कल फिल्म अवार्ड-२०७४ को निर्णायकमा पत्रकार कृष्ण भट्टराई (संयोजक) तथा सदस्यहरुमा संगीतकार तथा चलचित्र निर्माता सुरेश अधिकारी र निर्देशक, कलाकार तथा सञ्चारकर्मी दिनेश डिसी छन् ।

मनोनयन सूची यस्तो छ:

1. The Best Poster of the Year
जात्रा (रोयल भिमसेन)
गाजलु (स्वप्नील आचार्य)
छक्का पञ्जा (सुन्दर श्रेष्ठ)
लुट (स्वप्नील आचार्य)
विर विक्रम (शान थापा र विजय वस्याल)
2. The Best Trailer of the Year
के म तिम्रो होईन र (शाहिल खान)
लुट २ (सुरेन्द्र पौडेल)
जंगे (उज्वल ढकाल)
गाजलु (सुरेन्द्र पौडेल)
चपली हाईट २  (दिर्घ खड्का)
3. The Best Stunt of the Year
जय परशुराम (रोहित थापा)
निर्भय (राम सेन्चुरी)
किंग (अमित बिक )
जय परशुराम (राजु तामांग)
किस्मत २ (रेवन्त थापा)
किंग (लक्ष्मण सेन्चुरी)
(नेपाल चलचित्र द्धन्द संघको टप १० सिफारीसको आधारमा छनौट गरिएको )
4. Most Popular Song of the Year
पुर्व पश्चीम रेल-छक्का पञ्जा (राजनराज शिवाकोटी)
ठमेल बजार.. -लुट २ (कालीप्रसाद बास्कोटा)
सुनन चम्पा.. -छक्का पञ्जा (दिपक शर्मा)
निर जैले रिसाउनी.. -पुरानो डुंगा (कालीप्रसाद बास्कोटा)
सिरैमा सिरबन्दी.. -हाउफन्नी (वसन्त सापकोटा)
5. The Best VFX of the Year
द विनर (अनन्त घिमीरे)
द फेमस (मधुकर बलामी)
जंगे (उज्वल ढकाल)
जय पर्शुराम (शत्यम राना)
होमवर्क (अनुपम शाह )
6. The Director of The Highest Box Office Grosser Movie of the Year
जात्रा (प्रदिप भट्टराई)
छक्का पञ्जा (दिपा श्री निरौला)
लुट २ (निश्चल बस्नेत)
7. The Most Commendable Movie of the Year
विजुली मेसिन (नविन अवाल)
कालो पोथी (मिन बहादुर भाम )
बुद्ध वर्न ईन नेपाल (ज्ञानेन्द्र देउजा)
डाईगं क्यान्डल (नरेश केसी)
सेतो सुर्य (दिपक रौनियार)
तीन घुम्ति (बाबुराम ढकाल )
8. The Most Popular Actor (Male) of the Year
निखील उप्रेती (निर्भय)
अनमोल केसीे (गाजलु)
दिपकराज गिरी -छक्का पञ्जा)
आयुष्मान देशराज (चपली हाईट २)
केदार घिमीरे (छक्का पञ्जा)
बिपीन कार्की (जात्रा)
9. The Most Popular Actor (Female) of the Year
केकी अधिकारी (लभ सासा)
प्रियंका कार्की (छक्का पञ्जा)
बर्षा राउत (जात्रा)
श्रृष्टी श्रेष्ठ (गाजलु)
शिल्पा पोखरेल (किस्मत २)
10. The Best Editor of the Year
मित्र गुरुङ (जात्रा )
अर्जुन जि.सी. (बिर बिक्रम )
विपीन मल्ल (छक्का पञ्जा)
वनिस साह, भुपेन्द्र अधिकारी (निर्भय )
सुरेन्द्र पौडेल (गाजलु)
11. The Best Background Score of the Year
ईमान विक्रम सिंह (चपली हाईट २)
गाजलु (शैलेश श्रेष्ठ)
छक्का पञ्जा (शुशिल कर्माचार्य )
के म तिम्रो हैन र (एलीस कार्की )
जात्रा (शैलेश श्रेष्ठ, रोहित शाक्य)
12. The Best Screenplay of the Year
कालो पोथि (मिन बहादुर भाम, अबिनाश बिक्रम शाह)
छक्का पञ्जा (दिपकराज गिरी)
जात्रा (प्रदिप भट्टराई)ड्ड
विर विक्रम -यम थापा)
डाइंग क्यान्डल (नरेश कुमार केसी)
13. The Best Playback Singer (Male) of the Year
राजनराज शिवाकोटी -पुर्व पश्चीम रेल….छक्का पञ्जा)
राजेशपायल राई -दर्पणछाया ….दपर्णछाया २)
काली प्रसाद बास्कोटा -निर जैले रिसाउने…पुरानेा डुंगा)
दिपक लिम्बु – -म त हुन्छु जस्तो…..जय परशुराम
कृष्ण काफ्ले…देखन चम्पा..(छक्का पन्जा)
युवराज चौलागाइ -तिमी साथमा…(पलाँस)
14. The Best Playback Singer (Female) of the Year
मिना निरौला -ठमेल बजार….लुट २)
अञ्जु पन्त – पुर्व पश्चिम रेल….छक्का पञ्जा)
मेलिना राई -शिरैमा शिरबन्दी…हाउ फन्नी)
मिलन अमात्य – आाखा लाई के दोष….राधा)
निकिता थापा – जिन्दगीको….गाजलु)
15. The Best Cinematographer of the Year
पुरुषोत्तम प्रधान (छक्का पञ्जा)
शैलेन्द्र डि कार्की (पुरानो डुङ्गा)
राम कुमार केसी (विर बिक्रम)
शैलेन्द्र डि कार्की (गाजलु)
जात्रा (दिर्घ गुरुङ)
रामशरण उप्रेति (निर्भय)
रबिन आचार्य , दिपंकर सिकदर (डाइंग क्यान्डल)
16. The Best Action Coordinator of the Year
के म तिम्रो होइन र (हिमाल केसी)
जय परशुराम (एन वि महर्जन )
लुट २ (राजकुमार उप्रेति)
जंगे (सम्राट बस्नेत)
किङ (रोशन श्रेष्ठ)
17. The Best Choreographer of the Year
शिरैमा सिरवन्दी… -हाउफन्नी  (रेनेशा राई)
अधुरो सपना -किङ (रामजी लामीछाने))
पुर्व पश्चीम रेल -छक्का पञ्जा (कविराज गहतराज)
लेकै जाने… -ब्रास्लेट (गोविन्द राई )
ठमेल बजार. -लुट २ (विक्रम स्वार )
18. The Best On-screen Couple of the Year
मेनुका प्रधान र माओत्से गुरुङ (पुरानो डुङ्गा)
विपीन कार्की र बर्षा राउत (जात्रा)
आयुष्मान देशराज र मरिष्का पोखरेल (चपली हाईट २)
अनमोल केसी र श्रृष्टी श्रेष्ठ (गाजलु )
पुष्पल खड्का र साहरा कार्की (दर्पणछायाँ २)
19. The Best Music Director of the year
राजनराज शिवाकोटी – पुर्व पश्चीम रेल….(छक्का पञ्जा)
कालि प्रसाद बास्कोटा – निर जैले रिसाउनी …(पुरानो डुंगा )
चन्दन लुम्जेल -आकाशैमा ..(दर्पणछाँया )
कालिप्रसाद बास्कोटा -ठमेल बजार (लुट २)
दिपक शर्मा – देखन चम्पा(छक्का पञ्जा)
20. The Best Actor (Female) of the Year 
प्रियंका कार्की (छक्का पञ्जा)
केकी अधिकारी (लभ शासा)
वर्षा राउत (जात्रा)
श्रृष्टी श्रेष्ठ (गाजलु)
शील्पा पोख्रेल (किस्मत २)
21. The Best Actor (Male) of the Year
सौगात मल्ल (लुकामारी )
बिपीन कार्की (जात्रा)
आर्यन सिग्देल (होमवर्क)
दयाहाङ राई (विर विक्रम)ड्ड
माओत्से गुरुङ (पुरानो डुङ्गा)
दयाहाङ राई (सेतो सूर्य)
22. The Best Director of the Year  
दिपाश्री निरौला (छक्का पञ्जा)
हेमराज विसी (गाजलु)
प्रदिप भट्टराई (जात्रा)
मिलन चाम्स (विर विक्रम)
रामबावु गुरुङ -पुरानो डुंगा)
23. The Best Film of the Year  
छक्का पञ्जा (आमा सरस्वती, गितादेवी मुभिज)
गाजलु (रोहीत अधिकारी प्रोडक्सन र विसी मोशन पिक्चर )
जात्रा (षट्कोण आर्टस)
विर विक्रम (चाम्स इन्टरटेन्मेन्ट )
पुरानो डुंगा (सिनेमा आर्ट, माओत्से गुरुङ फिल्मस्)
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu