काठमाण्डौ। अनमोल केसी स्टारर नेपाली चलचित्र ‘कृ’ अन्ततः तिहारमा पनि रिलिज नहुने भएको छ । यसअघि भाद्र ८ बाट सरेर यो चलचित्र तिहारको अवसर पारेर कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकिएको थियो तर, छायांकन नसकिएको कारण रिलिज मिति टरेको हो ।
चलचित्रको नयाँ रिलीज मिति भने खुलाईएको छैन । अन्तिम शुटिंग सेड्यूल मनाङ भएको र मौसमका कारण मनाङ जान सक्ने अवस्था तत्काल नभएकाले छायांकन स्थगित गर्नुपरेको बताईएको छ । सोहि कारण पनि ‘कृ’ तिहारमा आउन सम्भव नभएको हो । यो चलचित्रलाई धेरै लोकेशनमा खिचिएको छ । हाल धम्पुसमा छायांकन सकेर टीम काठमाण्डौ फर्किने तयारीमा छ ।
चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी र अनुप बिक्रम शाहीको प्रमूख भूमिका छ । सुवास गिरी र भूवन केसी निर्माता रहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।