नायकद्वय निखिल उप्रेती र सौगात मल्ल स्टारर चलचित्र ‘संरक्षण’ यही साउन २७ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर गीतसंगीतका कारण पनि अहिले चलचित्र ‘संरक्षण’को चर्चा गज्जबको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा ‘संरक्षण’ टिमले मोफसल दौडाहा सुरु गरेको छ ।
पूर्वको विर्तामोडबाट सुरु भएको ‘संरक्षण’को मोफसल दौडाहा दमक, धरान, जनकपुर, बिरगञ्ज, हेटौंडा, पोखरा, बुटवल हुँदै नारायणगढसम्म हुनेछ ।
मोफसल दौडाहामा चलचित्र सम्बन्धि जानकारी दर्शकहरुलाई दिँदै निर्माण टिमले नारायणगढमा बुधबार चलचित्रको प्रिमियर शो सम्पन्न गर्नेछ । मोफसल टुरमा चलचित्रका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन ।
पूर्णेन्द्रुकुमार झाले निर्देशन गरेको ‘संरक्षण’मा राजनीतिको आडमा मधेशमा हुने विभिन्न अपराधिक घट्नाहरु समेटिएको छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् ।