काठमाण्डौ। आशुत्तोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने गरी नेपाली चलचित्र ‘उल्झन’को घोषणा गरिएको छ । चलचित्रमा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दीपक ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । निर्देशक तथा लेखक राजु अधिकारीले ‘उल्झन’ले एउटा यूवाले विदेशमा भोग्नु परेको पीडा र आफ्नो लक्ष्य प्राप्त गरेपछि स्वदेश फर्किदा पारिवारीक सम्बन्धमा दरार कसरी हुन्छ भन्ने कथा बोल्ने बताए ।
नायक ध्रुव दत्तले ‘उल्झन’ वैदेशिक रोजगारीका लागि विदेशमा गएका धेरै नेपालीहरुको कथा रहेको बताए । नायिका रजनी केसीले पनि ‘उल्झन’को कथावस्तु मन परेका कारण फिल्म साइन गरेको बताइन् ।
नविन अधिकारी र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष अधिकारी र हरी कार्की निर्माताको रुपमा हरेका छन् । फिल्ममा लक्ष्मण घिमिरेको छायाँकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व र शिव वि.क.को नृत्य रहनेछ ।